पाकिस्तानद्वारा वेष्टइन्डिजसामु मात्र १०६ रनकाे लक्ष्य

आइसीसी एकदिवसिय विश्वकपको दोस्रो दिनको खेलमा पाकिस्तानले वेष्ट इन्डिजलाई मात्र एक सय ६ रनको लक्ष्य दिएको छ ।

नोटिङघममा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तान २१ ओभर चार बलमा मात्र एक सय ५ रनमा अलआउट भयो । निकै कमजोर ब्याटिङ गरेको पाकिस्तानले १७ रनमा पहिलो विकेट गुमाएको थियो ।

त्यसपछि ३५ रन बनाउँदा दोस्रो विकेट खेर फालेको उसले ४५ रनमा तेस्रो विकेट गुमायो । एकपछि अर्को विकेट गुमाएको पाकिस्तानका कुनैपनि खेलाडी विच राम्रो साझेदारी हुने सकेन ।

वेष्ट इन्डिजको बलिङ अगाडी कमजोर देखिएको पाकिस्तानका लागि फकर जामन र बाबर अजामले समान २२–२२ रन बनाउँदा मोहम्मद हफिजले १६ रन जोडे । अन्तिममा वाहेब रियाजले १८ रन थपेका थिए ।

पाकिस्तानको पारीलाई ध्वस्त पार्ने क्रममा जेसोन होल्डरले तीन तथा ओसान थोमसले चार विकेट लिए भने आन्द्रे रसेलले दुई विकेट हात पारे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest