पटवाल नेपाली क्रिकेट टिमकाे प्रशिक्षकमा नियुक्त

नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका रुपमा भारतीय प्रशिक्षक उमेश पटवाल नियुक्त भएका छन ।

पटवाल एक बर्षका लागि नेपाली राष्ट्रिय टिमको प्रशिक्षकका रुपमा अाएका हुन । उनकाे मासिक तलव आइसीसीले दिनेछ । जसमा पटवालले सात हजार अमेरीकी डलर पाउने भएका छन् ।

पटवाल तेस्रो पटक नेपाली क्रिकेटको प्रशिक्षकका रुपमा नेपाल आउका हुन् । यसअघि नामिवियामा भएको आइसीसी डिभिजन २ मा कन्सल्ट्यान्ट प्रशिक्षकका रुपमा आएका पटवाल युएई विरुद्धको एकदिवसिय र टी–२० सिरीजका लागि पनि नेपाली टिमका सल्लाहकार भएर आएका थिए ।

क्यानडीयन प्रशिक्षक पुबुदु दाशानायके फर्किएकपछि नेपाली टिमलाई जगत टमाटाले सम्हाल्दै आएका थिए । तर अब नेपाली क्रिकेटमा प्रशिक्षकसँगै उमेर समुहका क्रिकेट टिम तयार र नयाँ योजना बनाउन आवश्यक रहेकाले नयाँ प्रशिक्षकको खाँचो रहेको भन्दै परिषद्ले आइसीसीसँग आग्रह गरेको थियो । जसमा आइसीसीले नेपाली क्रिकेटलाई राम्रोसँग बुझेका कारण पटवाललाई नेपाल पठाएको हो ।

पटवाल नेपाली टिमको प्रशिक्षक भएपछि नेपालले आगामी अन्तराष्ट्रिय प्रतियोगितामा राम्रो गर्ने अपेक्षा गरेको थियो । युएई विरुद्धको एकदिवसिय र टी–२० सिरीज जित्दा पटवालको मुख्य भुमिका रहेको थियो । पटवालले आज (शुक्रबार) नेपाली क्रिकेटको मुख्य प्रशिक्षकका रुपमा सम्झौता गर्नेछन् । उनीसँग भारतबाट नै अर्का उनका सहयोगी पनि नेपाल आउने भएका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest