पाकिस्तानमाथि वेष्ट इन्डिज ७ विकेटले विजयी

आइसीसी एकदिवसिय विश्वकप क्रिकेटमा वेष्ट इन्डिजले पाकिस्तानमाथि सहज जित हात पारेको छ । आज भएको खेलमा वेष्ट इन्डिजले पाकिस्तानलाई सात विकेटले हरायो ।

नोटिङघममा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तान २१ ओभर चार बलमा मात्र एक सय ५ रनमा अलआउट भयो । निकै कमजोर ब्याटिङ गरेको पाकिस्तानले १७ रनमा पहिलो विकेट गुमाएको थियो ।

त्यसपछि ३५ रन बनाउँदा दोस्रो विकेट खेर फालेको उसले ४५ रनमा तेस्रो विकेट गुमायो । एकपछि अर्को विकेट गुमाएको पाकिस्तानका कुनैपनि खेलाडी विच राम्रो साझेदारी हुने सकेन । वेष्ट इन्डिजको बलिङ अगाडी कमजोर देखिएको पाकिस्तानका लागि फकर जामन र बाबर अजामले समान २२–२२ रन बनाउँदा मोहम्मद हफिजले १६ रन जोडे । अन्तिममा वाहेब रियाजले १८ रन थपेका थिए ।

पाकिस्तानको पारीलाई ध्वस्त पार्ने क्रममा जेसोन होल्डरले तीन तथा ओसान थोमसले चार विकेट लिए भने आन्द्रे रसेलले दुई विकेट हात पारे ।

जवाफमा वेष्ट इन्डिजले १३ ओभर चार बलमा तीन विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । उसका जीतमा क्रिस गेलले ५० तथा होपले ११ रन बनाए । यस्तै निकोलस पुरनले अविजीत २८ रन बनाए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest