बंगलादेशका अनुभवी खेलाडी घाइते

विश्वकपमा आफ्नो पहिलो खेल अगाडी बंगलादेशलाई ठुलो झट्का लागेको छ । आइतबार दक्षिण अफ्रिका विरुद्ध खेल्ने तयारीमा रहेको बंगलादशेका टप अडर खेलाडी तमीम इक्वाल चोटग्रस्त बनेका छन ।

शनिबार नेट सेसनमा तमीमलाई चोट लागेको हो । उनलाई तत्काल टिमका फिजियोले ड्रेसिङ रुममा लगेका थिए । टिमले उनको बारेमा अहिले केहि भन्न नसक्ने बताएको छ । उनको चोटको एक्सरे गरेर मात्र विस्तृत जानकारी आउने टिमले बताएको छ ।

यदि चोट सामान्य भएमा उनी आइतबार खेल्न सक्नेछन, यदि चोट गहिरो भएमा उनले विश्वकप गुमाउन सक्ने संभावना रहेको छ । टिमका अनुभवी बायाँ हाते ब्याट्सम्यान तमिम आक्रामक ओपनरका रुपमा चिनिन्छन ।

उनले २०१७ मा इंग्ल्याण्डमा नै भएको च्याम्पियन्स ट्रफिमा दुई खेलमा एक सय २८ र ९५ रन बनाएका थिए । इंग्ल्याण्डमा पिचमा उनको एभरेज सात खेलमा ५० दशमलव सात एकको रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest