विश्वकपकाे डेब्यु खेलमै कठिन प्रतिस्पर्धीसँग खेल्दै अफगानिस्तान

आईसीसी विश्ककपमा आज न्यूजिल्याण्ड र श्रीलंका तथा अष्ट्रेलिया र अफगानिस्तान विच खेल हुनेछ ।

श्रीलंका र न्यूजिल्याण्डवीचको खेल कार्डिफस्थित मैदानमा हुनेछ । न्यूजिल्याण्डलाई विश्वकपमा डार्क हर्स भन्ने गरिन्छ । उसले यो संस्करणमा पनि यो छवी कायम राखेको छ । एक दिवशीय विश्व वरियतामा न्यूजिल्याण्ड तेस्रो स्थानमा छ । विश्वका उत्कृष्ट ब्याट्सम्यान केन विलियमसनको उपस्थितीका कारण न्यूजिल्याण्ड टिमको प्रदर्शन उच्च हुने अनुमान छ । उनीसँगै ट्रेन्ट बोल्ट र टिम साउथीको जोडीले न्यूजिल्याण्डको बलिङ आक्रमणमा महत्वपूर्ण भुमिका खेल्नेछन् । बोल्ट र साउथी जस्ता फास्ट बलरको जोडीलाई यो संस्करणमा उत्कृष्ट मानिएको छ ।

विलियमसन, रोस टेलर, मार्टिन गुप्टिल र कोलिन मुन्द्रो जस्ता टप अर्डर ब्याट्सम्यानले न्यूजिल्याण्डको इनिङलाई ३५० रनसम्म उकास्न सक्नेछन् । यी खेलाडीसँगै रोस टेलर अर्को खेलाडी हुन् जसले न्यूजिल्याण्डको इनिङमा महत्वपूर्ण भुमिका खेल्न सक्नेछन् । न्यूजिल्याण्डको बलिङमा ट्रेन्ट बोल्टको प्रदर्शन उत्कृष्ट रहनेछ । श्रीलंकाविरुद्ध जित हात पारेर अघिल्लो संस्करणको विजेता न्यूजिल्याण्ड प्रतियोगिताको शुरुवात राम्रो बनाउन चाहन्छ ।

श्रीलंका भने यो संस्करणमा कमजोर देखिएको छ । विश्व वरियतामा श्रीलंका नवौं स्थानमा छ ।

अघिल्लो संस्करणमा श्रीलंका क्वार्टर फाइनलसम्म पुगेको थियो । क्वार्टर फाइनलमा दक्षिण अफ्रिकासँग पराजित हुँदै श्रीलंका प्रतियोगिताबाट बाहिरिएको थियो ।

यस्तै विश्वकपको सबैभन्दा कान्छो टोली अफगानिस्तानले यो संस्करणको शुरुवात सबैभन्दा सफल टिमविरुद्धको खेलबाट गर्दैछ । एघार संस्करण सकिँदा अष्ट्रेलियाले पाँच उपाधि जितिसकेको छ । यो संस्करणमा अष्ट्रेलियालाई कमजोर आँकलन गरिएको छ । पहिलो खेलमा तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी पाउन र जित हात पार्दै शुरुवात गर्नु अष्ट्रेलिया टिमका लागि प्रोत्साहनको कडी हुनेछ ।

ब्याटिङतर्फ वार्नर र स्मिथको प्रदर्शन डिफेन्डिङ च्याम्पियनको प्रमुख हतियार रहनेछन् । टिममा ठूलो इनिङ खेल्न सक्ने अन्य खेलाडी पनि समावेश छन् । उश्मान ख्वाजा, ग्लेन म्याक्सवे र शाउन मार्स जस्ता खेलाडीले अष्ट्रेलियाको योगफलमा महत्वपूर्ण योगदान दिन सक्नेछन् । बलिङतर्फ पनि मिचेल स्टार्क विपक्षि टिमका लागि खतरापूर्ण हुनेछन् । उत्कृष्ट फर्ममा रहेका प्याट कमिन्स प्रशिक्षक जस्टिन लांगरका अर्का हतियार हुन् ।

यो संस्करणमा अफगानिस्तान अण्डरडग टिम बन्न सक्ने अनुमान क्रिकेट विश्लेषकहरुले गरेका छन् । आफगानिस्तानले विश्वकप अघिको वार्म अप म्याचमा आफ्नो क्षमता देखाइसकेको छ । उसले पाकिस्तानलाई तीन विकेटले पराजित गरेको थियो ।
बलिङ क्षेत्रमा बलियो रहेको अफगानिस्तान टिममा ब्याटिङको समस्या भने कायमै छ । यो विश्वकपमा ब्याट्सम्यानहरु हावी हुने आँकलन भइरहँदा अफगानिस्तान टिममा उत्कृष्ट ब्याट्सम्यान भने कोही पनि छैनन् । उसका लागि टप अर्डर ब्याट्सम्यान रहमत शाह नै सबैभन्दा राम्रो फर्ममा रहेका खेलाडी हुन् । उनीसँगै अनुभवी खेलाडी मोहम्मद सहदाजले पनि अफगानिस्तानको ब्याटिङ लाइनमा महत्वपूर्ण योगदान दिनेछन् ।

शाहले स्कटल्याण्डविरुद्धको खेलमा हालसालै एउटा शतक प्रहार गरेका थिए । उनी हार्ड हिटरको रुपमा चिनिँदैनन् र स्ट्राइक रोटेल गर्न र एक–दुई रन लिएर टिमको स्कोर उकास्न सक्ने क्षमता भएका खेलाडी हुन् ।
शहदाज भने विस्फोटक ब्याटिङ गर्न सक्ने क्षमता भएका खेलाडी हुन् ।

राशिद खान अफागानी टिमका प्रमुख हतियार रहेका छन् । २० वर्षे लेग स्पीनर राशिद खानले विपक्षी टिमका टाउको दुखाईको विषय बन्न सक्नेछन् । उनको बलिङ रेकर्ड उत्कृष्ट छ । उनले ५८ एक दिवशीय खेलमा १५.३४ को औषतमा १२५ विकेट लिएका छन् । प्रतियोगिताकै सर्वोत्कृष्ट ब्याट्सम्यानलाई पनि उनको बलिङ सामना गर्न चुनौति हुनेछ । खानलाई अफगानिस्तान टिमको मेरुदण्डका रुपमा पनि हेरिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest