विभागिए डर्वीमा पुलिसले आर्मीलाई एक सय ६२ रनको लक्ष्य

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको विभागिए डर्वीमा नेपाल पुलिस क्लवले त्रिभुवन आर्मीलाई एक सय ६२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले ४८ ओभर चार बलमा एक सय ६१ रनमा अलआउट भयो । खराव सुरुवात गरेको पुलिसले २४ रन बनाउदा तीन विकेट गुमाएको थियो ।

उसका लागि आरिफ शेखले ३४ तथा दिपेन्द्रसिंह ऐरीले २९ रन बनाए । यस्तै दिलिप नाथले १४ रन अनिल शाहले १३ रन बनाए । अन्तिममा कप्तान मञ्जित श्रेष्ठले ३६ रन बनाए । बलिङ तर्फ आर्मीका साहव आलमले चार विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest