प्रदेश दुईले प्रदेश एकलाई दुई सय ६६ रनको लक्ष्य

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेटमा प्रदेश दुईले प्रदेश एकलाई दुई सय ६६ रनको लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले ५० ओभरमा ८ विकेट गुमाउँदा दुई सय ६५ रन बनायो । प्रदेश दुईका लागि हरीशंकर शाहले ३१, हसिम अन्सारीले २०, रवी शाहले २०, सुरज पटेलले अविजीत रन बनाए ।

यस्तै महबुब आलमले १९ रन बनाए भने रासिद खानले ४७ रनको योगदान गरे । मध्यम सुरुवात गरेको प्रदेश २ ले ४३ रनमा पहिलो विकेट गुमाएको थियो । त्यसपछि एक सय ३१ रनमा चार विकेट गुमाएको प्रदेश दुईका लागि रासिद खान र सुरज पटेलले दरिलो साझेदारी गरेका थिए ।

जसमा सुरजले अविजीत ७८ रन बनाए । बलिङमा सुरज बस्नेतले दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest