कुमारकाे ७ विकेटमा प्रदेश २ काे फराकिलाे जित

प्रधानमन्त्री एकदिवसिय क्रिकेट प्रतियोगितामा प्रदेश २ ले १ माथि एक सय ६१ रनकाे जित निकालेकाे छ ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले ५० ओभरमा ८ विकेट गुमाउँदा दुई सय ६५ रन बनायो । प्रदेश दुईका लागि हरीशंकर शाहले ३१, हसिम अन्सारीले २०, रवी शाहले २०, सुरज पटेलले अविजीत रन बनाए ।

यस्तै महबुब आलमले १९ रन बनाए भने रासिद खानले ४७ रनको योगदान गरे । मध्यम सुरुवात गरेको प्रदेश २ ले ४३ रनमा पहिलो विकेट गुमाएको थियो ।

त्यसपछि एक सय ३१ रनमा चार विकेट गुमाएको प्रदेश दुईका लागि रासिद खान र सुरज पटेलले दरिलो साझेदारी गरेका थिए । जसमा सुरजले अविजीत ७८ रन बनाए । बलिङमा सुरज बस्नेतले दुई विकेट लिए ।

जवाफमा प्रदेश एक मात्र २८ ओभर ५ बलमा एक सय चार रनमा अलआउट भयो । उसका दुई खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । चार रनमा पहिलो विकेट गुमाएको प्रदेश एकका लागि सन्नी पुनले २९ तथा मिनश थापाले ३६ रन बनाए ।

तर ६६ रनमा दोस्रो विकेट गुमाएपछि उसको पुरी पारी ध्वस्त भयो । उसले अरु ३८ रन जोड्दा अलआउट भयो । प्रदेश एकको पारीलाई ध्वस्त बनाउन कुमार थापाले सात विकेट लिए । उनले आठ ओभरमा दुई मेडेन सहित २२ रन खर्चिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest