पुलिस सेमिफाइनल नजिक

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस सेमिफाइनल नजिक पुगेको छ । आज भएको खेलमा अर्को विभागिए टिम आर्मीलाई ५० रनले हराउदै पुलिसले लगातार तेस्रो जित हात पार्यो ।

कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले ४८ ओभर चार बलमा एक सय ६१ रनमा अलआउट भयो ।

खराव सुरुवात गरेको पुलिसले २४ रन बनाउदा तीन विकेट गुमाएको थियो । उसका लागि आरिफ शेखले ३४ तथा दिपेन्द्रसिंह ऐरीले २९ रन बनाए । यस्तै दिलिप नाथले १४ रन अनिल शाहले १३ रन बनाए ।

अन्तिममा कप्तान मञ्जित श्रेष्ठले ३६ रन बनाए । बलिङ तर्फ आर्मीका साहव आलमले चार विकेट लिए भने करण केसीले २ विकेट लिए ।

जवाफमा आर्मी ४२ ओभर तीन बलमा मात्र एक सय ११ रनमा अलआउट भयो । उसका कुनैपनि खेलाडीले बलियो साझेदारी गर्न सकेनन् । प्रतियोगितामा पहिलो हार ब्यहोर्ने क्रममा आर्मीका ५ खेलाडीले दोहोरो अंक जोडेपनि टिमको हार बचाउन सकेनन् ।

जसमा राजु रिजालले १६, हरी चौहानले ३४, रोहित पौडेलले १६ रन बनाए । अरु खेलाडी सस्तैमा आउट भए । उसलाई कम स्कोरमा रोक्न ललित राजवंशीले तीन तथा आरिफ शेख र दिपेन्द्र ऐरीले दुई दुई विकेट हात पारे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest