श्रीलंकाकाे मात्र १३७ रनकाे लक्ष्य

आइसीसी एकदिवसिय विश्वकप क्रिकेटमा श्रीलंकाले न्यूजिल्याण्डलाई मात्र एक सय ३७ रनको लक्ष्य दिएको छ ।

कार्डीफमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंका २९ ओभर दुई बलमा एक सय ३६ रनमा अलआउट भयो । निकै फितलो सुरुवात गरेको श्रीलंकाले चार रनमा पहिलो विकेट गुमाएको थियो ।

त्यसपछि ५९ रन बनाउँदा उसले ५ विकेट खेर फालेको थियो । एकपछि अर्को विकेट गुमाएको श्रीलंकाका लागि कप्तान दिमुत करुनारत्नेले ५१ रन बनाउदा कुशल परेराले २९ रनको योगदान गरे । यस्तै थिसारा परेराले २७ रन बनाउदा उसका सात खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest