न्यूजिल्याण्डद्वारा श्रीलंका १० विकेटले पराजित

साविक उपविजेता न्यूजिल्याण्डले इंग्ल्याण्डमा जारी आईसीसी विश्वकपको पहिलो खेलमा श्रीलंकामाथि १० विकेटकाे जित निकालेकाे छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंका २९ ओभर २ बलमा १३६ रन बनाउँदा अलआउट भयो ।

उसका लागि दिमुथ करुणारत्नेले अर्धशतक पार गर्दै ५२ रन बनाए भने कुशल परेराले २९ तथा थिसरा परेराले २७ रन बनाउँदा अन्य खेलाडीले १० रन पनि जोड्न सकेनन् । श्रीलंकाको इनिङलाई धरासायी बनाउनका लागि म्याट हेनरी र लकी फर्गुसनले ३–३ विकेट लिए ।

१३७ रनको कमजोर लक्ष्य न्यूजिल्याण्डले विना कुनै विकेटको क्षतिमा ३४ ओभर १ बलमा पूरा ग¥यो । न्यूजिल्याण्डका लागि मार्टिन गुप्टिलले ७३ रन बनाए भने कोलिन मुन्रोले ५८ रन जोडे ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest