आईसीसी एकदिवसीय विश्वकपमा दक्षिण अफ्रीका र बंगलादेश खेल्दै

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज  एक खेल हुँदैछ ।

लण्डनमा आइतबार हुने एक मात्र खेलमा दक्षिण अफ्रीका र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ मा सुरु हुनेछ।

केनिङटन ओभलमा दुवै टोली जित निकाल्दै विश्वकपमा उत्कृष्ट सुरुवात गर्ने लक्ष्यमा हुनेछन् । पहिलो खेलमा दुवै टिम २ अंक जोड्न चाहन्छ ।

तुलनात्मक रुपमा बंगलादेश भन्दा दक्षिण अफ्रिकी टोली बलियो देखिएको छ । तर, बंगलादेशले पहिलो खेलमा दक्षिण अफ्रीकालाई कडा चुनौती दिने बताएको छ ।

पहिलो खेलमा मैदान उत्रदा बंगलादेशलाई तमिम इकबालको चोटले सताउने छ । इकबाल पहिलो खेल खेल्ने नखेल्ने अझै दोधार रहेको छ ।

यता, दक्षिण अफ्रीकाक डेल स्टेनले पहिलो खेल गुमाउने छन् ।

विश्वकपमा यसअघि आयोजक इंग्ल्याण्ड, अष्ट्रेलिया, न्युजिल्याण्ड र वेष्ट इण्डिजले विजयी सुरुवात गरिसकेका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest