प्रदेशलाई पुलिसकाे २५४ रनकाे लक्ष्य

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लवले प्रदेश २ सामु दुई सय ५४ रनको लक्ष्य प्रस्तुत गरेकाे छ ।

कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ५३ रन बनायो । बलियो सुरुवात गरेको पुलिसले पहिलो विकेटका लागि ८७ रनको साझेदारी गरेको थियो ।

पुलिसका लागि सुनील धमलाले ४३ तथा अनिल शा ले ३७ रन बनाए । यस्तै अमित श्रेष्ठले ५० तथा दिपेन्द्र ऐरीले १८ तथा पवन सराफले १३ रनको योगदान गरे ।

यस्तै आरिफ शेखले ३२ तथा कुशल भुर्तेलले ३५ रन थपे । बलिङमा संसद शेखले चार तथा रासिद खानले दुई विकेट हात पारे ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest