एपीएफले प्रदेश नम्बर ५ लाई १८५ रनको लक्ष्य

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा एपीएफले प्रदेश नम्बर ५ लाई १८५ रनको लक्ष्य दिएको छ ।

मुलपानी मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको एपीएफ निर्धारित ओभरको २ बल बाँकी छँदै अल आउट हुँदा १८४ रन जोडेको थियो ।

एपीएफका प्रदीप ऐरीले नट आउट ७७ रन बनाउँदा सन्दीप जोराले २२ रन बनाए । प्रदेश पाँचका लागि कृष्ण कार्कीले तीन तथा सन्दीप सुनारले दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest