पुलिस पीएप कपकाे सेमिफाइनलमा

प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लव सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा प्रदेश २ लाई एक सय ५६ रनले हराउँदै पुलिस समुह बी बाट विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो ।

कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ५३ रन बनायो । बलियो सुरुवात गरेको पुलिसले पहिलो विकेटका लागि ८७ रनको साझेदारी गरेको थियो ।

पुलिसका लागि सुनील धमलाले ४३ तथा अनिल शा ले ३७ रन बनाए । यस्तै अमित श्रेष्ठले ५० तथा दिपेन्द्र ऐरीले १८ तथा पवन सराफले १३ रनको योगदान गरे ।

यस्तै आरिफ शेखले ३२ तथा कुशल भुर्तेलले ३५ रन थपे । बलिङमा संसद शेखले चार तथा रासिद खानले दुई विकेट हात पारे ।

जवाफमा प्रदेश दुई २९ ओभरमा ९७ रनमा अलआउट भयो । आठ रनमा पहिलो विकेट गुमाएको प्रदेश २ ले ४९ रनमा दोस्रो विकेट खेर फाल्यो । तर उसका मध्यक्रमका खेलाडीले राम्रो खेल्न सकेनन् ।

जसका कारण उसको पारी ९७ रनमा समेटियो । उसका चार खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा हरिशंकर शाहले २९ तथा कप्तान महबुब आलमले २१ रन बनाए । यस्तै रवी शाहले १५ रन बनाउँदा बाँकि खेलाडी एकपछि अर्को रुपमा आउट भए ।

उसलाई कम स्कोरमा रोक्न दिपेन्द्रसिंह ऐरीले ५ विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest