एपीएफकाे पहिलाे हार

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर ५ ले पहिलाे जित निकालेकाे छ । उसले एपीएफ क्लबलाई डकवर्थ एण्ड लुइसकाे नियमका अाधारमा ३ विकेटले पराजित गरेको हो ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ४९ ओभर ४ बलमा अलआउट हुँदै १८४ रन बनाएको थियो । तर, वर्षाले खेल रोकिएपछि ३२ ओभरमा खेल झारिदा प्रदेश ५ ले १४२ रनको नयाँ लक्ष्य पाएको थियो ।

एपीएफका लागि प्रदीप सिंह ऐरीले ७७ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै सन्दीप जोराले २२ तथा शरद भेषवाकरले १४ रन बनाए ।

भिम सार्की १३ रनमा आउट हुँदा आसिफ शेखले ११ रन जोडे । प्रदेश ५ का कृष्ण कार्कीले ३ तथा सन्दीप सुनारले २ विकेट लिए ।

एपीएफले दिएको १४२ रनको लक्ष्य प्रदेश ५ ले २९ ओभर ५ बलमा ७ विकेट गुमाएर पुरा गर्यो । वर्षाको कारण ३२ ओभरमा झारिएको खेलमा प्रदेश ५ लाई जिताउन प्रनित थापा मगरले अविजित ३० रन बनाए । यस्तै सौरभ खनालले २९ तथा सुबेन्दु पाण्डेले २० रन बनाए । एपीएफका लागि अमर सिंह रौटेलाले २ विकेट लिए  ।

जितसंगै प्रदेश ५ ले अघिल्लो सेमिफाइनलमा पुग्ने सम्भावना जिवितै राखेकाे छ । प्रदेश ५ ले ३ खेलबाट ३ अंक जोडेको छ  । अब प्रदेश ५ ले एक खेल खेल्न बाँकी रहेको छ  ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest