पाकिस्तान र इ‌ग्ल्याण्ड भिड्दै

एकदिवशीय विश्वकप क्रिकेट अन्तर्गत आज घरेलु टोली इंग्ल्याण्ड र पाकिस्तान नटिङघममा आमने सामने हुँदैछन् । दुईबीचको खेल नेपाली समय अनुसार अपराह्न सवा ३ बजेदेखि सुरु हुनेछ ।

पहिलो खेलमा दक्षिण अफ्रिकालाई १ सय ४ रनले पराजित गरी हौसिएको इंग्ल्याण्ड विश्वकपकै दावेदार टोलीमध्येको हो । एकदिवशीय बरियतामा शीर्ष स्थानमा रहेको इंग्ल्याण्डले घरेलु दर्शक र मैदानको साथ पनि पाएकै छ ।

सन् १९९२ को विश्वकप विजेता पाकिस्तानको ब्याटिङक्रम त्यस खेलमा निकै कमजोर देखिएको थियो । कप्तान सर्फराज अहमदले पनि ब्याटिङको कमजोरी सुधार गरी बाँकी खेल जित्ने प्रयासमा लाग्ने बताएका थिए ।

दक्षिण अफ्रिकाबिरुद्धको पहिलो खेलमा बेन स्टोक्सले इंग्ल्याण्डको प्रदर्शनको नेतृत्व गरेका थिए । ब्याटिङ, बलिङ र फिल्डङमा इंग्लिस खेलाडीहरु उत्कृष्ट देखिएका छन् ।

विश्वकप सुरु हुनु १ महिनाअघि मात्रै इंग्ल्याण्डले पाकिस्तानबिरुद्धको पाँच एकदिवशीय खेलको सिरिजमा ४–० को जित हासिल गरेको थियो । त्यसैले आजको खेलमा पनि घरेलु टोली हाबी हुने अनुमान गर्न सकिन्छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest