पारसकाे टिम प्रदेश ३ पीएम कपकाे सेमिफाइनलमा

प्रदेश ३ प्रधानमन्त्री कप एक दिवशीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मुलपानी मैदानमा भएकाे खेलमा सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले हराउँदै प्रदेश ३ ले अन्तिम चारको यात्रा पक्का पारेको हो ।

प्रदेश ३ ले चार खेलबाट ६ अंक बनाएको छ । रनरेटमा अघि रहँदै प्रदेश ३ समूह एको विजेताका रुपमा सेमिफाइनलमा पुगेको छ ।
राष्ट्रिय टिमका कप्तान पारस खड्काको नेतृत्वमा रहेको प्रदेश ३ ले सुदूरपश्चिमले दिएको १५५ रनको सामान्य लक्ष्य ३३.२ ओभरमा चार विकेट गुमाउँदै पूरा ग¥यो ।

प्रदेश ३ को जितमा इशान पाण्डेले ५३ रनको योगदान दिए भने अदिल खानले .. रन बनाए । उनीसँगै कप्तान पारस खड्काले २६ रन जोडे । ओपनर रित गौतमले ११ र रविन जोशीले १३ रन जोडेका थिए ।

यसअघि टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको सुदूरपश्चिमले ४५.१ ओभरमा अलआउट हुँदा १५४ रन बनाएको थियो । उसका लागि खडक बोहराले सर्वाधिक ४० रन बनाए भने रोशन अधिकारीले २७, नरेश बोहराले २६ रन जोडे ।

सुदूरपश्चिमको ब्याटिङलाई सस्तैमा समेट्नका लागि सुर्य तामाङले तीन विकेट लिए भने प्रतिश जिसी र जितेन्द्र सिंह ठकुरीले दुई दुई विकेट लिए । नन्दन यादव र पारस खड्काले पनि एक एक विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest