इंग्ल्याण्डसामु पाकिस्तानकाे बलियाे लक्ष्य

आइसीसी एकदिवसिय विश्वकप अन्तर्गत पाकिस्तानले घरेलु टिम इंग्ल्याण्डलाई तीन सय ४९ रनको लक्ष्य दिएको छ ।

पहिलो खेलमा लज्जास्पद हार ब्यहोरेका पाकिस्तानले आज भने मजबुत ब्याटिङ गर्यो । उसले ५० ओभरमा ८ विकेट गुमाएर तीन सय ४८ रन बनायो ।

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पहिलो विकेटका लागि ८२ रनको साझेदारी गरेको थियो । उसका फाकर जमानले ३६ रन बनाए भने इमाम उल हकले ४४ तथा बाबर अजामले ६३ र मोहम्मद हफिजले ८४ रन थपे ।

यस्तै कप्तान सरफराज अहमेदले ५५ रनको योगदान गरे । पहिलो विकेट गुमाएपछि दोस्रो विकेट पनि सस्तैमा गुमाएको पाकिस्तानका लागि अजाम र हफिजले तेस्रो विकेटका रुपमा ८८ रनको साझेदारी गरे ।

त्यसपछि चौथो विकेटका लागि हफिज र सरफराजले ८० रनको साझेदारी गरेपछि पाकिस्तान बलियो लक्ष्य तिर अगाडी बढेको थियो ।
बलिङमा इंग्ल्याण्डका क्रिस ओक्स र मोयन अलीले तीन तीन विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest