सुदुरले गण्डकीलाई ४ विकेटले हरायाे

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिमले सुखद अन्त्य गरेको छ । समुह चरणको अन्तिम खेलमा गण्डकी प्रदेशलाई ४ विकेटले हरायो ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी २० ओभर चार बलमा मात्र ८९ रनमा अलआउट भयो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । निकै फितलो ब्याटिङ गरेको गण्डकीका कुनैपनि खेलाडी विच राम्रो साझेदारी हुन सकेन ।

उसले एक रनमा पहिलो विकेट गुमाउदा आठ रनमा दोस्रो र १५ रनमा तेस्रो विकेट खेल फाल्यो । एकपछि अर्को विकेट गुमाएको उसले ६३ रन बनाउदा ६ विकेट गुमाएको थियो । तर त्यसपछि पनि उसको विकेट झर्ने क्रम रोकिएन र मात्र ८९ रनमा अलआउट भयो ।

उसका लागि राहुल शर्माले ४१ तथा आकाश थापाले १२ रन बनाए । यस्तै किशोर महतोले १४ रनको योगदान गरे । गण्डकीलाई कम स्कोरमा रोक्न विनोद लामाले ५ विकेट लिए ।

जवाफमा सुदुरले २९ ओभर दुई बलमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । उसको जितमा आकाश चन्दले अविजीत २९ तथा नरेन्द्र साउदले २३ रन बनाए । यस्तै लोकेश बमले १५ रन जोडे । उसका तीन खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest