दक्षिण अफ्रिकाका डेल स्टेन विश्वकप बाट बाहिर

जारी विश्वकपमा दक्षिण अफ्रिकाले अनुभवी बलर डेल स्टेनलाई गुमाउने भएको छ । लगातार दुई खेल गुमाएको दक्षिण अफ्रिकालाई फेरि आपत आईलागेको छ ।

यसअघि १० दिनकालागि लुंगी एन्गिडी विश्वकप बाहिर भएका थिए ।

आईपीएलमा घाइते भएका उनी ठीक नभएपछि यसअघिका दुई खेलनै गुमाएका थिए । दक्षिण अफ्रिकाका बाया हाथे तिब्र गतिका बलर ब्यूरेन हेड्रिक्सलाई टिममा बोलाइएको छ ।

दक्षिण अफ्रिकाले बुधबार भारतसँग विश्वकपको आफ्नो तेस्रो म्याच खेल्दै छ । भारतको भने पहिलो हो । सोमबार डेल स्टेनले नेटमा अभ्यास गरेका थिए । अभ्यास पछि उनी खेल्न नसक्ने भएपछि उनको विकल्प खोजिएको हो ।

दक्षिण अफ्रिकाले पहिलो उद्घाटन खेलमा इंग्ल्याण्डसँग र दोस्रो खेलमा बंगलादेशसँग पराजित भइसकेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest