श्रीलंकाद्वारा अफगानिस्तानसामु २०२ रनकाे लक्ष्य

आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले अफगानिस्तानलाई २०२ रनको लक्ष्य दिएको छ । वर्षाका कारण ४१ ओभरमा झारिएको खेलमा श्रीलंकाले सबै विकेट गुमाएर ३६.५ ओभरमा २०१ रन बनाएको हो ।

कार्डीफमा अफगानिस्तानविरुद्ध बलियो सुरुवात गरेको श्रीलंकाले पहिलो विकेटका लागि ९२ रनको साझेदारी गरेको थियो ।
उसका कप्तान दिमुथ करुनारत्नेले ३० तथा कुशल परेराले ७८ रनको योगदान गरे । त्यसपछि लहिरु थिरमानेले २५ रन थपेका थिए ।

एक सय ४४ रनमा बनाउदा मात्र दुई विकेट गुमाएको श्रीलंकाको पारीलाई मोहम्मद नावीले कमजोर पारे । उनले एकै ओभरमा तीन विकेट लिदा श्रीलंका एकाएक दबावमा आयो ।

सुरुवाती तीन खेलाडीले राम्रो खेलेपछि त्यसपछि श्रीलंकाले एक पछि अर्को विकेट गुमाउदा एक सय ९० रनमा आठ विकेट खेर फाल्यो । जसमा नावीले चार विकेट हात पारे । दलत जर्दन र रासिद खानले दुर्द दुई विकेट लिँदा हमिद हसनले एक एक विकेट लिए ।

श्रीलंकाको स्कोर एक सय ८२ रनमा आठ विकेट हुँदा भारी बर्षा भएपछि खेल रोकिएको थियो । जसका कारण खेल ४१ ओभरमा झारीएको थियो । त्यसपछि शुरु भएको खेलमा बाँकी रहेका २ विकेट श्रीलंकाले १९ रन जोड्दा गुमाएको थियो ।

दुबै टिमले विश्वकपमा आफ्नो पहिलो खेलमा हार ब्यहोरेका थिए । अफगानिस्तान अष्ट्रेलियासँग सात विकेटले पराजित भएको थियो भने श्रीलंका न्यूजिल्याण्डसँग १० विकेटले हारेको थियो । दुवै टिम पहिलो जीतको खोजिमा छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest