आर्मीले प्रदेश ३ लाई तीन सय १० रनको लक्ष्य

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा विभागिए टिम त्रिभुवन आर्मीले प्रदेश ३ लाई तीन सय १० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ५० ओभरमा ६ विकेट गुमाउँदै तीन सय नौ रन बनायो । सुरुवात राम्रो गर्न नसकेपनि उसका मध्यक्रमका खेलाडीले राम्रो साझेदारी गरे ।

२३ रनमा पहिलो विकेट गुमाएको आर्मीका लागि हरी चौहान र राजु रिजालले दोस्रो विकेटका रुपमा ७३ रनको साझेदारी गरे । जसमा हरीले ३८ रन बनाए भने राजुले ५१ रनको योगदान गरे ।

त्यसपछि उसका लागि रोहित कुमार पौडेलले ४३ तथा राजेश पुलामीले २९ रन थपे । यसका साथै करण केसीले २१ र कप्तान विनोद भण्डारीले विस्फोटक ७५ रनको योगदान गरे । उनले ४२ बलमा पाँच चौका र पाँच छक्का प्रहार गरे ।

यस्तै कुशल मल्लले १७ बलमा २६ रन जोडे । बलिङमा नन्दन यादव र जितेन्द्रसिंह ठकुरीले दुई दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest