एपीएफ पुलिसलाई मात्र ४२ रनकाे लक्ष्य

पीएम कपको दोस्रो सेमिफाइनलमा प्रतियोगिताकै सबैभन्दा कम लक्ष्य नेपाल पुलिसले पाएको छ ।

प्रतियोगितामा अहिलेसम्म टस जितेर पहिले ब्याटिङ गरेकाे एपीएफ २२.१ ओभरमा मात्र ४१ रनमा अलआउट भयाे ।

एपीएफका कुनै ब्याट्सम्यानले दोहोरो अंक को रन बनाउन सकेनन् । एपीएफले पहिलो विकेटको रुपमा आशिफ शेखलाई चौथो ओभरमा ९ रनको स्कोर हुँदा गुमाएको थियो । उनले एक रन जोडेका थिए ।

प्रदिप एैरी २ रन, सुमित मर्हजन २ रन ,  शरद ७ रन, बसन्त रेग्मी ० रन, सन्दीप जोरा ५ रन, पृथु बास्कोटा ७ रन ,कमलसिंह एैरी १ रन दिपेन्द्र रावत २ रन र अभिनाष बोहरा ३ रन बनाए ।

एपीएफलाई सस्तैमा समेट्न प्रहरीका लागि ललित नरायण राजवंशीले ४ तथा कुशल भुर्तेल र सागर ढकाल ले ३ ३ विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest