किन डिभिलियर्सकाे चाहना अस्विकार गर्याे बाेर्डले

दक्षिण अफ्रिकी स्टार खेलाडी एवी डिभिलियर्सले अन्तिम समयमा फेरी सक्रिय क्रिकेटमा फर्किने बताएका थिए । तर उनको त्यो निर्णयलाई दक्षिण अफ्रिकी क्रिकेट संघले अस्विकार गरेको छ ।

संघका अनुसार डिभिलियर्सले कमब्याक गरेर टिममा राखेमा अरु खेलाडीका लागि न्याय नहुने बताएको छ । पछिल्लो केहि बर्षदेखि निरन्तर टिममा रहेका खेलाडीलाई हटाएर सन्यास लिइसकेको खेलाडीलाई फेरी बोलाएर टिममा राख्नु उचित नहुने संघको बुझाइ छ । विश्वकपका लागि १५ खेलाडीको घोषणा गर्नुभन्दा २४ घण्टा अगाडी डिभिलियर्सले आफु क्रिकेटमा फर्किने बताएका थिए ।

उनले दक्षिण अफ्रिकी कप्तान फाफ डुप्लिसिस र प्रशिक्षक ओटीस गिब्सनलाई आफ्नो कुरा राखेका थिए । पछि खेलाडी छनोटकर्ता लिन्डा जोन्डीलाई यो कुरा बताउदा यो उचित नहुने प्रतिक्रिया दिएका थिए । जसमा उनको कमब्याकको चाहनालाई अस्विकार गर्नु पछाडी दुई वटा मुख्य कारण रहेको बुझिएको छ ।

पहिलोमा उनले टिममा पर्ने सबै नियमहरु पुरा नगरेको र पछिल्लो पटक उनले दक्षिण अफ्रिकाको घरेलु क्रिकेट पनि नखेलेको बताइएको छ । डिभिलियर्सले गत बर्षको मे महिनामा आफ्नो सन्यासको घोषणा गरेका थिए । तर उनले विदेशी फ्रेन्चाइजी लिगहरु भने खेलिरहेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest