पाकिस्तान र श्रीलंकाबीचको खेल वर्षाले प्रभावित

आईसीसी विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तान र श्रीलंकाबीचको खेल वर्षाले प्रभावित भएको छ । नेपाली समय अनुसार दिउँसो सवा तीन बजेदेखि शुरु हुने खेलमा वर्षात भएपछि अहिलेसम्म टस हुन सकेको छैन् ।

सुरुआती खेलबाट झड्का ब्यहोरेर पनि संहालिएको पाकिस्तान र श्रीलंका एकदिवशीय विश्वकप अन्तर्गत ११ औं खेलमा आमने सामने हुन लागेका हुन् ।

ब्याटिङमा आश्चर्यजनक असफलताका बाबजुद श्रीलंकाले पछिल्लो खेलमा अफगानिस्तानलाई माथ दिएको थियो । त्यस खेलमा श्रीलंकाली टोली ९२–० को स्थितिबाट २०१ मा अलआउट भएको थियो । अफगानिस्तानबिरुद्धको जितले सुरुआती खेलमा न्युजिल्याण्डसँग ब्यहोरेको १० विकेटको हारबाट श्रीलंकाले राहत पाएको हो ।

दिमुथ करुणारत्नेको नेतृत्वमा रहेको टोली आफ्नो ब्याटिङ असफलताको भयबाट सावधान हुनुपर्नेछ । अफगानिस्तानबिरुद्ध उसका मध्यक्रमका ४ ब्याट्सम्यान ५ रनको अन्तरमा पेविलियन फर्केका थिए ।

घरेलु टोली इंग्ल्याण्डबिरुद्ध १४ रनको रोमान्चक जित हासिल गरेर मनोबल उच्च बनाएपछि म्यान अफ द म्याच मोहम्मद अफिजले यस जितलाई ‘पूरा टिमको प्रयास’ भनेका थिए ।

वेष्ट इण्डिजबिरुद्धको खेलमा १ सय ५ रनमै समेटिएको पाकिस्तानको ब्याटिङपंक्तिले इंग्ल्याण्डबिरुद्ध ३४८ रनको ठूलो योगफल बनाएको थियो । वाहव रियाज नेतृत्वको बलिङ प्रक्तिले घरेलु टोलीलाई हार चखाइदियो । पाकिस्तानले पछिल्लो ११ एकदिवशीय अन्तर्राष्ट्रिय खेलमा पहिलो जित निकालेको हो ।

ब्रिस्टलको मौसम शुक्रबार अधिकांश बदली हुनेछ । समय समयमा वर्षा हुने अनुमान पनि गरिएको छ । अभ्यास खेलमा वेष्ट इण्डिजले बनाएको ४२१ रनसमेत जोड्दा यस मैदानमा पछिल्लो १ महिनामा ३ पटक ३५० भन्दा बढी स्कोर बनेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest