अफगानी खेलाडी सहजाद विश्वकपबाट बाहिर

आईसीसी विश्वकप खेलिरहेको कान्छो एशियाली देश अफगानिस्तानलाई झड्का लागेको छ ।

अहिलेसम्म खेलेका दुवै खेलमा पराजय व्यहोरेको अफगानिस्तानका विकेटकिपर तथा ओपनिङ व्याट्सम्यान मोहम्मद शहजाद घाइते भएका छन् । घुँडामा लागेको चोटका कारण उनले विश्वकप गुमाउने छन् ।

वार्मअप म्याचमा घाइते भएका उनी ‘रिटायर्ड हर्ट’ हुँदै पेभेलियन फर्किएका थिए । उनी घाइते भएपछि अफगानिस्तानले इकराम अलीलाई टिममा ल्याएको छ ।

अफगानिस्तानले जारी विश्वकपको आफ्नो तेस्रो खेलमा शनिबार न्यूजील्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । शाहजाद आक्रामक ब्याट्सम्यान रहेकाले उनको कमी अहिले पनि अफगानिस्तानलाई खड्एिको छ । पछिल्ला दुई खेलमा अफगानिस्तानको ब्याटिङ चल्न सकेको छैन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest