इंग्ल्याण्डबाट बंगलादेशले पायाे ३८७ रनकाे लक्ष्य

आइसीसी एकदिवसिय विश्वकप अन्तगर्त इंग्ल्याण्डले बंगलादेशलाई तीन सय ८७ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले ५० ओभरमा ६ विकेट गुमाउदा तीन सय ८६ रन बनायो । उत्कृष्ट सुरुवात गरेको इंग्ल्याण्डले पहिलो विकेटका लागि एक सय २८ रनको साझेदारी गरेको थियो ।

उसका ओपनर जोनी ब्रेस्टो ५१ रनमा आउट भएका थिए । त्यसपछि दोस्रो विकेटका लागि जोय रुट र जेसोन रोयले ७७ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए ।

इंग्ल्याण्डका लागि जोस बटलरले ६४ रन बनाए भने कप्तान इयोन मोर्गनले ३५ रन जोडे । यस्तै जेसोन रोयले एक सय ५३ रनको उत्कृष्ट पारी खेले । उनले एक सय २१ बलमा १४ चौका र ५ छक्का प्रहार गरेका थिए ।

अन्तिममा क्रिस ओक्सले १८ तथा लाम पुल्किटले २७ रन बनाए । बलिङमा बंगलादेशका मोहम्मद सैफुदिन र मेहदी हसन मिराजले दुई दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest