जापानले यू-१९ विश्वकप खेल्ने

पहिलो पटक यू-१९ विश्वकप क्रिकेटका लागि छनाेट  भएको छ ।

इस्ट एसिया प्यासिफिकको च्याम्पियन बन्दै एसियाली देश जापान अर्को वर्ष दक्षिण अफ्रिकामा हुने युवा विश्वकपको लागि छनोट भएको हो । अन्तिम खेलमा पपुवा न्यूगिनीबाट वाकओभर पाएपछि जापान विजयी हादै अंकतालिकामा शीर्ष स्थानमा रहँदै विश्वकपमा पुग्न सफल भयाे ।

याे प्रतियाेगिता खेल्न तयार पारेकाे १४ खेलाडीमा पीएनजीकाे क्रिकेट बाेर्डले अनुशासनकाे कारवाहीमा ११ जनालाइ पारेपछि जापानले अन्तिम खेल नखेली विश्वकपमा स्थान बनायाे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest