इंग्ल्याण्डकाे विश्वकपमा सहज जित

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा इंग्ल्याण्डले दोस्रो जित निकालेको छ । शनिबार भएको खेलमा बंगलादेशलाई १०६ रनको फराकिलो अन्तरले पराजित गर्दै इंग्ल्याण्डले दोस्रो जित निकालेको हो  ।

कार्डिफमा जेसन रोयको बिस्फोटक ब्याटिङमा इंग्ल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३८६ रन बनाएको थियो  । टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डका लागि ओपनर रोयले १५३ रनको शतकीय इनिङ्स खेले  ।

रोयले पहिलो विकेटका लागि ओपनर जोनी ब्रेस्ट्रोसंग १ सय २८ रनको साझेदारी गरेका थिए । जोनीले ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै जोस बट्लरले ६४ रनको अर्धशतकीय इनिङ्स खेल्दा जोय रुटले २१ रन बनाए । त्यस्तै इयान मोर्गन ३५ तथा बेन स्टोक्स ६ रनमा आउट भए ।

बंगलादेशका मोहमद सइफुदिन र हसन मिराजले सार्वधिक समान २/२ विकेट लिए ।

इंग्ल्याण्डले दिएको ३८७ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेश ४८ ओभर ५ बलमा अलआउट हुँदै २८० रनमा समेटियो ।

बंगलादेशका लागि शकिब अल हसनले १२१ रनको शतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै मुस्फिकर रहिमले ४४ रन जोड्दा महमद ममुदउल्लाहले २८ तथा मोसाडेक होसेनले २६ रन बनाए ।

बंगलादेशलाई सस्तैमा समेट्न जोफ्रा आर्चर र बेन स्टोक्सले ३/३ विकेट लिए । मार्क उडको नाममा २ विकेट रह्यो ।

 

जितसंगै इंग्ल्याण्डले ३ खेलमा ४ अंक जोडेको छ । र, तालिकाको दोस्रो स्थानमा रहेको छ । बंगलादेशको यो दोस्रो हार हो । बंगलादेशले ३ खेलमा २ अंक जोडेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest