न्यूजिल्याण्डकाे विश्वकपमा लगातार तेस्राे जित

न्युजिल्याण्डले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा लगातार तेस्रो जित हात पारेकाे छ । उसले अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै अपराजित यात्रा कायम राखेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४१ ओभर १ बलमा अलआउट हुँदै १७२ रन बनाएको थियो ।

अफगानिस्तानका लागि हास्मतउल्लाह साहिदीले सर्वाधिक ५९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै हज्रतउल्लाह जजाईले ३४ तथा नुर अली जड्रानले ३१ रन बनाए ।

न्युजिल्याण्डका जेम्स निशमले ५ विकेट लिए । यस्तै लोकी फेर्गुसनले ४ विकेट लिए ।

अफगानिस्तानले दिएको १७३ रनको सामान्य लक्ष्य न्युजिल्याण्डले ३२ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।

न्युजिल्याण्डको जितमा कप्तान केन विलियमसनले अर्धशतकीय इनिङ्स खेले । अविजित रहेका केनले ७९ रन बनाए । यस्तै रोस टेलरले ४८ तथा कोलिन मुन्रोले २२ रन बनाए । टम लाथमले अविजित १३ रन जोडे ।

अफगानिस्तानका आफ्तब आलमले ३ विकेट लिए ।

जितसंगै न्युजिल्याण्डले ३ खेलबाट ६ अंक जोडेको छ । न्युजिल्याण्ड तालिकाको शीर्ष स्थानमा रहेको छ ।

अफगानिस्तानको यो लगातार तेस्रो हार हो । ३ खेलमा अंक जोड्न नसकेको अफगानिस्तान पुछारमा रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest