विश्वकपमा भारतकाे परिक्षा अष्ट्रेलियासँग

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज अष्ट्रेलिया र भारतबीच प्रतिस्पर्धा हुँदैछ। दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ मा सुरु हुनेछ।

केनिङटन ओभलमा मैदान उत्रदा दुवै टोली जित निकाल्दै आफ्नो जितको यात्रा कायम राख्न चाहन्छ । दुवै टिम जित निकाल्दै आफुलाई उपाधि दाबेदार प्रमाणित गर्न चाहन्छ ।

अघिल्ला दुई खेल जितेको अष्ट्रेलिया लगातार तेस्रो जितको योजनामा हुनेछन् । जसका लागि अष्ट्रेलिया भारतलाई शिकार बनाउन चाहन्छ ।

अष्ट्रेलियाले २ खेलबाट ४ अंक जोडेको छ । र, तालिकाको तेस्रो स्थानमा रहेको छ । अष्ट्रेलियाले पहिलो खेलमा अफगानिस्तान र दोस्रोमा वेष्ट इण्डिजलाई हराएको थियो ।

यता, भारत लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा दक्षिण अफ्रीकालाई हराएको भारत अष्ट्रेलियालाई पनि स्तब्ध बनाउने योजनामा मैदान उत्रने छ ।

भारतले १ खेलबाट २ अंक जोडेको छ । तर, अष्ट्रेलियाविरुद्ध मैदान उत्रदा भारत निकै सजग भने हुनेछ ।

दुई टोलीबीचको पछिल्ला नतिजा अष्ट्रेलियाको पक्षमा रहेको छ । पछिल्लो ५ भेटमा अष्ट्रेलियाले ३ खेल जितेको छ । भारतले २ खेलमा जित निकालेको छ ।

पछिल्लो तीन खेलमा अष्ट्रेलियालाई भारतले हराउन सकेको छैन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest