दिपेन्द्र ऐरी घाइते

नेपाली राष्ट्रिय क्रिकेट खेलाडी दिपेन्द्रसिंह ऐरी घाइते भएपछि ६ साता मैदान बाहिर हुने भएका छन । जसका कारण उनी आसन्न आइसीसी टी–२० विश्वकपको एशिया क्षेत्रीय छनोट गुमाउने डर बढेकाे छ ।

प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा त्रिभुवन आर्मी विरुद्धको खेलमा औंलाको चोट बोकेका दिपेन्द्रले यो प्रतियोगिता गुमाउने संभावना बढेको हो ।

शनिबार भएको फाइनलमा दिपेन्द्र फिल्डिङका क्रममा घाइते भएका थिए । जसमा उनी सो बेला तत्काल अस्पताल पुगेर एक्सरे गरेका थिए । तर एक्सरेमा केहि नदेखिएपनि एमआरआइ गर्दा डाक्टरले उनलाई छ साता आराम गर्न सल्लाह दिएका छन ।

नेपालले सिंगापुरमा जुलाई २२ देखि २९ तारिखसम्म टी–२० विश्वकपको एशिया क्षेत्रीय छनोट खेल्दैछ । जसमा पहिलो खेलमा नेपालले कतारसँग खेल्नेछ । यो प्रतियोगितामा नेपाल शिर्ष स्थानमा रहेमा ग्लोबल छनोटमा स्थान बनाउने छ । जुन युएईमा हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest