भारतले अष्ट्रेलियालाई तीन सय ५३ रनको बलियो लक्ष्य

आइसीसी एकदिवसिय विश्वकपमा भारतले अष्ट्रेलियालाई तीन सय ५३ रनको बलियो लक्ष्य दिएको छ ।

लण्डन स्थित ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ५ विकेट गुमाउँदै तीन सय ५२ रन बनायो । निकै बलियो सुरुवात गरेको भारतले पहिलो विकेटका लागि एक सय २७ रनको साझेदारी गरेको थियो ।

उसका ओपनर रोहित शर्मा ५७ रन बनाएर आउट भएपछि भारतले पहिलो विकेट गुमायो । रोहितले ७० बलमा तीन चौका र एक छक्का प्रहार गरेका थिए । उनी अष्ट्रेलिया विरुद्ध दुई हजार रन पुरा गर्ने दोस्रो भारतीय खेलाडी समेत बनेका छन ।

त्यसपछि दोस्रो विकेटका लागि शिखर धवन र कप्तान विराट कोहली विच ९३ रनको साझेदारी भएपछि भारत झन बलियो बन्यो ।

दुई सय २० रन बनाउँदा दुई विकेट गुमाएको भारतले तेस्रो विकेटका लागि पनि ७९ रनको साझेदारी गर्न सफल भयो । उसका लागि शिखर धवनले सतकीय पारी खेले । उनले एक सय नौ बलमा १६ चौका सहित एक सय १७ रन बनाए ।

यस्तै हार्दिक पाण्ड्याले २७ बलमा ४८ रन बनाए । जसमा उनले चार चौका र तीन छक्का प्रहार गरे । यस्तै कप्तान विराट कोहलीले पनि ८२ रनको योगदान गरे ।

यस्तै महेन्द्रसिंह धोनीले २७ रनको योगदान गरे । बलिङमा प्याट कुमिन्स, मिचेल स्टार्क र मार्कुस स्टोनीसले एक एक विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest