विश्रकपमा दक्षिण अफ्रिका र वेष्ट इन्डिज भिड्दै

विश्वकप क्रिकेटमा दक्षिण अफ्रिका पहिलो जितको आशाका साथ आज साउथह्याम्प्टनमा वेष्ट इण्डिजको सामना गर्नेछ ।

नेपाली समय अनुसार दिउँसो सवा ३ बजे द ह्याम्पसायर मैदानमा सुरु हुनेछ ।

राउण्ड रोविन प्रणालीमा जारी १० टोली सम्मिलित विश्वकपको सेमिफाइनलमा पुग्ने आशा जीवितै राख्न दक्षिण अफ्रिकाले आजको खेल जित्नैपर्नेछ ।

सुरुआती २ खेलमा जित हासिल गरी अष्ट्रेलियासँग पराजित भएपछि वेष्ट इण्डिजका लागि पनि दक्षिण अफ्रिकाबिरुद्ध पुनरागमनको अवसर हुनेछ ।

दक्षिण अफ्रिका आफ्नो अनिश्चित ब्याटिङलाइन, अनुभवी फाष्ट बलरहरु फिट नहुनुको चोट ब्यहोरिरहेको छ । निकै नै आक्रामक वेष्ट इण्डिजको बलिङको सामना गर्न दक्षिण अफ्रिकाका ब्याट्सम्यानहरुले आफ्नो स्तर बढाउनुपर्नेछ ।

साउथह्याम्प्टनको मौसम दिनभर बदली रहने अनुमान गरिएको छ । अपराह्नको समयमा वर्षा पनि हुन सक्छ । त्यसैले फाष्ट बलरहरुका लागि उपयुक्त पीच हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest