दक्षिण अफ्रिका र वेस्ट इण्डिजबीचको खेल रद्द

आईसीसी विश्वकप अन्र्तगत दक्षिण अफ्रिका र वेस्ट इण्डिजबीचको खेल रद्द भएको छ । साउथ ह्याम्प्टनमा टस जितेर पहिला फिल्डिङ रोजेको वेस्टइण्डिजले दक्षिण अफ्रिकाका २ जना ब्याट्सम्यानलाई आउट गरिसकेको थियो ।

११ रन हुँदा हसिम अमलालाई गुमाएको दक्षिण अफ्रिकाले २८ रन हुँदा एडेन मरक्रम आउट भएका थिए । ७ दशमलब ३ ओभर खेल्दा दक्षिण अफ्रिकाले २९ रन जोड्दा २ रन गुमाएको थियो ।

त्यसपछि लगातार पानी परेपछि खेल रद्द भएको छ । खेल रद्द भएसँगै दुवै टिमले एक एक अंक लिएका छन् । लगातार तीन खेल गुमाएको दक्षिण अफ्रिकाले तालिकामा पहिलो अंक जोडेको छ भने एक खेलमा जीत र एक खेलमा हार व्यहोरको वेस्टइण्डिजले तालिकामा तीन अंक पुर्याएको छ । जारी प्रतियोगितामा न्यूजील्याण्ड र भारत मात्रै अपराजित रहेका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest