बर्षाका कारण भारत र न्युजिल्याण्ड बिचकाे खेल रद्द

एकदिवसीय विश्वकप क्रिकेटमा भारत र न्युजिल्याण्डको खेल बर्षाका कारण रद्व भएको छ । निरन्तरको बर्षाले दुई टोलीबीचको खेल रद्व भएको हो । खेल रद्व भएपछि दुवै टिमले अंक बाँडेका छन् ।

दुवै टिम नटिङगमा भिड्ने तय थियो । बर्षाका कारण रद्व हुने यो चौथो खेल बनेको छ । बर्षा हुने र रोकिने क्रम निरन्तर चलेपछि खेल रद्व भएको घोषणा गरिएको हो ।

भारतले तीन खेलबाट ५ अंक जोडेको छ । भारत तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको न्युजिल्याडले चार खेलबाट ७ अंक जोडेको छ । विश्वकप अघि खेलिएको म्याचमा न्युजिल्याण्डले भारतलाई हराएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest