वेष्ट इन्डिजद्वारा इंग्ल्याण्डसामु २१३ रनकाे लक्ष्य

आइसीसी एकदिवसिय विश्वकपमा वेष्ट इन्डिजले इंग्ल्याण्डलाई दुई सय १३ रनको लक्ष्य दिएको छ ।

साउथह्याम्टनमा टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट इन्डिज ४४ ओभर चार बलमा दुई सय १२ रनमा अलआउट भयो ।
राम्रो सुरुवात गर्न नसकेको वेष्ट इन्डिजले चार रनमा पहिलो विकेट गुमायो । उसका इवेन लुइस मात्र दुई रनमा आउट भए । त्यसपछि दोस्रो विकेटका लागि क्रिस गेल र सेइ होपले ५० रनको साझेदारी गर्दै टिमलाई सम्हालने प्रयास गरेका थिए ।

तर गेल ३६ रनमा आउट हुँदा वेष्ट इन्डिजले ५४ रनमा दोस्रो विकेट खेर फाल्यो । तर त्यसको लगत्तै होपपनि ११ रनमा आउट भएपछि वेष्टइन्डिजको स्कोर ५५ रन हुँदा तेस्रो विकेट खेर फाल्यो । चौथो विकेटका लागि निकोलश पुरन र सिमरोन हिटमेयर विच ९९ सय रनको साझेदारी भएको थियो । हिटमेयर ३९ रनमा खेलिरहेका बेला आउट भएपछि वेष्ट इन्डिजले एक सय ४४ रनमा चौथो विकेट गुमायो ।

तर त्यसपछि उसले अरु विकेट सस्तैमा गुमायो । जसका कारण स्कोरबोर्डमा दुई सय दुई रन हुदा उसका आठ विकेट झरेका थिए । वेष्ट इन्डिजका लागि निकोलस पुरनले ६३ तथा आन्द्रे रसेलले २१ रन बनाउदा कप्तान जेसोन होल्डर नौ रनमा आउट भए । इंग्ल्याण्डका जोफ्रे आर्चरले लगातार दुई बलमा दुई विकेट लिएपछि वेष्ट इन्डिज दबावमा आएको थियो । अन्ततः वेष्ट इन्डिज दुई सय १२ रनमा समेटियो ।

बलिङमा इंल्याण्डमा जोफ्रे आर्चर र मार्क उडले तीन तीन विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest