विश्वकपमा आज दुई खेल हुँदै

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछ । इंग्ल्याण्डको कार्डिफमा शनिबार हुने दोस्रो खेलमा दक्षिण अफ्रिका र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार बेलुका ६:१५ मा सुरु हुनेछ।

सोफिया गार्डेन्समा मैदान उत्रदा दुवै टोली पहिलो जितको खोजीमा हुने छन् । जारी विश्वकपमा दुवै टिमले जित निकाल्न सकेका छैनन् ।

तुलनात्मक रुपमा बलियो दक्षिण अफ्रिका अफगानिस्तानलाई हराउँदै खराब प्रदर्शनलाई पूर्णबिराम लगाउन चाहन्छ । तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको दक्षिण अफ्रीकाले ४ खेलमा १ अंक जोडेको छ ।

४ खेलमा ३ खेल गुमाएको दक्षिण अफ्रिकाले वर्षाले खेल प्रभावित हुँदा वेष्ट इण्डिजसंग अंक बाँडेको थियो ।

यता, पुछारको अफगानिस्तानले अंक जोड्न सकेको छैन । तर, ३ खेलमा ३ खेल गुमाएको अफगानिस्तान दक्षिण अफ्रिकालाई हराएर पहिलो अंक जोड्न चाहन्छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest