‘हाई भोल्ट’ काे खेलमा पाकिस्तान र भारत खेल्दै

म्यान्चेस्टरको बिशाल सडक र ओल्ड ट्राफोटको स्ट्याण्ड, आईसीसी एकदिवशीय विश्वकप क्रिकेटको बहुप्रतीक्षित खेलमा समर्थकको उत्साहसँगै सानदार हुनेछ । यो खेल विश्व क्रिकेटकै रंगशालामा हाउसफुल र विश्वभर टेलिभिजनमार्फत करोडौंले प्रतीक्षा गरिरहेको खेल हो ।

वर्षाका कारण रद्ध भएको न्युजिल्याण्डबिरुद्धको पछिल्लो खेलसँगै विराट कोहलीको नेतृत्वमा रहेको भारतले परम्परागत चीर प्रतिस्पर्धी पाििकस्तानसँग म्यान्चेस्टरको मैदानमा भिडण्त गर्दैछ । यस खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ ।

गएको फेब्रुअरीमा भारत प्रसासित कास्मिरमा आतंकबादी हमलामा ४० भारतीय सैनिकको मृत्यु भएपछि भारत पाकिस्तान तनावले झण्डै युद्धको रुप लिएको थियो । क्रिकेटको मैदानमा लामो समययता यी दुईबीचको खेललाई युद्धकै रुपमा तुलना गरिन्छ ।

सन् २००८ को मुम्बई हमलामा पाकिस्तानको संग्लग्नता आरोप लगाउँदै भारतले क्रिकेटमा द्वीपक्षीय सम्बन्ध तोडेको थियो । सन् २०१२(१३ मा एकदिवशीय र ट्वान्टी २० श्रृंखलाका लागि पाकिस्तानले भारतको भ्रमण गरेको थियो । भारत र पाकिस्तान अन्तर्राष्ट्रिय प्रतियोगितामा मात्र आमने सामने हुँदै आएका छन् ।

प्रतियोगिताको सुरुआती दुई खेलमा दक्षिण अफ्रिका र अष्ट्रेलियाबिरुद्ध भारतीय पक्षको प्रदर्शन सबै क्षेत्रमा उत्कृष्ट थियो । तर, शिखर धवनको अनुपस्थिति र पाकिस्तानी फाष्ट बलर मोहम्मद अमिरको सानदार लयका कारण भारतीय ओपनिङमा सहज नहुन सक्छ ।

भारतको सुरुआत रोहित शर्मासँग केएल राहुलले गर्नेछन् । तर, खाली रहेको चौथो नम्बरमा दिनेश कार्तिक या विजय शंकरलाई जिम्मा दिनेबारे निर्णय भइनसकेको बताइएको छ ।

पाकिस्तानले इंग्ल्याण्डबिरुद्ध अविश्वसनीय जित हासिल गरेको थियो । त्यसपछि उसले टाउनटनमा अष्ट्रेलियासँग ४१ रनले पराजित भयो । अष्ट्रेलियाबिरुद्धको खेलमा पाकिस्तानी बलरहरुले पारीको बीचबाट उत्कृष्ट पुनरागमन गरेका थिए । तर, ब्याट्सम्यानको कमजोर प्रदर्शन नै उसको हारको कारक बन्यो ।

अरफराज अहमदले अनुभवी सोएव मलिकको स्थानमा ह्यारिस सोहेललाई सुरुआती ११ मा सामेल गर्नेबारे बिचार गर्न सक्नेछन् । मलिकले प्रतियोगिताका ३ खेलमा फ्लप छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest