भारतीय बलर भुवनेश्वरले ३ खेल गुमाउने

अाइसीसी एकदिवसिय विश्वकपकाे उपाधिकाे प्रबल दावेदार भारतलाइ फेरी झट्का लागेकाे छ । उसका मुख्य बलर भुवनेश्वर कुमार चाेटका कारण तीन खेल खेल्न नपाउने भएका छन ।

पाकिस्तानविरुद्वको खेलमा चाेट बाेकेका तिब्र गतिका बलर भुवनेश्वर कुमारले आगामी २ देखि ३ खेल गुमाउनेछन् ।

पाकिस्तानबिरुद्द बलिङ गर्ने क्रममा देब्रे खुट्टामा उनले चोट बोेकेका थिए । सो खेलमा उनले २ ओभर ४ बल बलिङ गर्दै मैदान छाडेका थिए ।

खेल पश्चात कप्तान बिराट कोहलीले भुवनेश्वरले अफगानिस्तान र वेष्ट इण्डिजबिरुद्दको खेल गुमाउने बताएका छन् । उनका अनुसार भुवनेश्वरले इङ्ल्याण्डविरुद्वको खेल समेत गुमाउन सक्नेछन् ।

’भुवनेश्वरलाई चोट लागेको हैन, बलिङ गर्न थोरै असहज मात्र भएको हो ।’ बिराटले भने, ‘खुट्टा टेक्ने बेलामा थोरै चिप्लिएको मात्र हो । उनलाई केहि दिन आराम दिने छौं । आशा छ, उनले तीन भन्दा धेरै खेल गुमाउने छैनन् ।’

भारतका ओपनर शिखर धवन अस्ट्रेलियाबिरुद्दको खेलमा औलाको चोटका कारण २ हप्ता मैदान बाहिर छन् ।

आईतबार भएको खेलमा पाकिस्तानलाई डीएल पद्दतिको आधारमा भारतले ८९ रनले पराजित गरेको थियो । जितसंगै तेस्रो स्थानको भारतले ४ खेलबाट ७ अंक जोडेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest