इण्डिजले बंगलादेशलाई तीन सय २२  रनको लक्ष्य

आईसीसी विश्वकपमा अहिले वेष्ट इण्डिज र बंगलादेशवीच प्रतिष्पर्धा भइरहेको छ । इंग्ल्याण्डको टाउनटनमा जारी खेलमा इण्डिजले बंगलादेशलाई तीन सय २२  रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट इण्डिजले ५० ओभरमा ८ विकेट गुमाउँदै तीन सय २१ रन बनाएको थियो । ६ रन बनाएको अवस्थामा पहिलो विकेटका रुपमा इण्डिजले क्रिश गेलललाई गुमाएको थियो । गेलले रनको खाता नै खोल्न सकेनन् ।

दोस्रो विकेटका लागि इर्भिन लुइस र साई होपले ११६ रनको शतकीय साझेदारी गरेका थिए । लुइसले ६७ बलमा ६ चौका र दुई छक्का प्रहार गर्दै ७० रन बनाएका थिए । सातौं विकेटका रुपमा आउट हुनुपूर्व होपले पनि ९६ रनको योगदान दिए । सतकका लागि गरेकाे प्रहार क्याच भएपछि उनी बाहिरीए ।

सिमरन हेटमेयरले पनि ५० रनको आक्रामक योगदान दिए । उनले २६ बलमा चार चौका र तीन छक्का प्रहार गरेका थिए । ज्यासन होल्डरले १५ बलमा ३३ रन बनाए भने निकोलस पुरनले २५ रन जोडे ।

बलिङतर्फ बंगलादेशका मुस्ताफिजुर रहमानले ३ विकेट र मोहम्मद सइफुद्धिन तीन तीन विकेट लिए भने शकिब अल हसनले दुई दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest