सकिवकाे सतकमा बंगलादेशकाे सहज जित

आइसीसी एकदिवसिय विश्वकपमा बंगलादेशले दोस्रो जित निकालेको छ । बंगलादेशले वेष्ट इन्डिजलाई सात विकेटले हरायो ।

टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट इण्डिजले ५० ओभरमा ८ विकेट गुमाउँदै तीन सय २१ रन बनाएको थियो । ६ रन बनाएको अवस्थामा पहिलो विकेटका रुपमा इण्डिजले क्रिश गेललाई खाता खाेल्न नपाउँदै गुमायाे ।

दोस्रो विकेटका लागि इर्भिन लुइस र साई होपले ११६ रनको साझेदारी गरेका थिए । लुइसले ६७ बलमा ६ चौका र दुई छक्का प्रहार गर्दै ७० रन बनाएका थिए । सातौं विकेटका रुपमा आउट हुनुपूर्व होपले पनि ९६ रनको योगदान दिए । सतकका लागि गरेकाे प्रहार क्याच भएपछि उनी बाहिरीए ।

सिमरन हेटमेयरले पनि ५० रनको आक्रामक योगदान दिए । उनले २६ बलमा चार चौका र तीन छक्का प्रहार गरेका थिए । ज्यासन होल्डरले १५ बलमा ३३ रन बनाए भने निकोलस पुरनले २५ रन जोडे ।

बलिङतर्फ बंगलादेशका मुस्ताफिजुर रहमानले ३ विकेट र मोहम्मद सइफुद्धिन तीन तीन विकेट लिए भने शकिब अल हसनले दुई विकेट लिए ।

जवाफमा बंगलादेशले ४१ ओभर तीन बलमा तीन विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । राम्रो सुरुवात गरेको बंगलादेशले पहिलो विकेटका लागि ५२ रनको साझेदारी गरेको थियो ।

उसका ओपनर सौम्य सरकार २९ रनमा आउट भए । त्यसपछि दोस्रो विकेटक लागि तमिम इक्वाल र सकिव अल हसनले अर्धसतकिए साझेदारी गर्दै टिमको पारी सम्हालेका थिए । जसमा इक्वालले ४८ रन बनाए । तेस्रो नम्वरमा ब्याटिङमा आएका मुस्फिकुर रहमान मात्र एक रनमा आउट भएपछि बंगलादेशले एक सय ३३ रनमा तेस्रो विकेट गुमायो ।

तर त्यसपछि सकिव र लिन्टोन दासले चौथो विकेटका लागि रनको साझेदारी गर्दै टिमलाई जित दिलाए । जसमा सकिवले सतकीय पारी खेले । उनले एक सय २४ रनको पारी खेले । ९९ बलमा सकिवले १६ चौका प्रहार गरे । यस्तै लिन्टोनले ९४ रन बनाए । जसमा उनले ६९ बलमा आठ चौका र चार छक्का प्रहार गरे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest