अफगानिस्तान विरूद्द इंग्ल्याण्ड ब्याटिङमा

आईसीसी विश्वकप क्रिकेटमा अफगानिस्तानविरुद्ध घरेलु टोलि इंग्ल्याण्डले पहिला ब्याटिङ गर्ने भएको छ ।

जारी प्रतियोगिता इंग्ल्याण्डले तीन खेल जितेको छ भने अफगानिस्तान अहिलेसम्म जित विहीन छ । आजको खेलमा इंग्ल्याण्डका घाइते व्याट्सम्यान जोसन रोयका स्थानमा जेम्स भिन्स प्लेयिङ सेटमा परेका छन् । फास्ट बलर लियम प्लङकटको ठाउँमा स्पीन अलराउण्डर मोइन अली टिममा परेका छन् ।

अफगानिस्तानले तीन जना खेलाडी परिवर्तन गरेको छ । हज्रतुल्लाह जजई,अफ्ताव आलम र हमिद हसनको स्थानमा नजिवउल्लाह जद्रान, दौलत जद्रान र मुजिबुर रहेमान प्लेयिङ सेटमा छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest