Cricnepal.com
Sunday, January 24, 2021
  • English
  • नेपाली
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social
Cricnepal.com
No Result
View All Result
Cricnepal.com
No Result
View All Result

विश्वकपमा घरेलु टिम इंग्ल्याण्डले चौथो जित

by cricnepal.com Staff
June 18, 2019 - Updated on June 19, 2019
0

MANCHESTER, ENGLAND - JUNE 18: Eoin Morgan of England celebrates after reaching his century during the Group Stage match of the ICC Cricket World Cup 2019 between England and Afghanistan at Old Trafford on June 18, 2019 in Manchester, England. (Photo by Gareth Copley-IDI/IDI via Getty Images)

आइसीसी एकदिवसिय विश्वकपमा घरेलु टिम इंग्ल्याण्डले चौथो जित निकालेको छ । आज भएको खेलमा इंग्ल्याण्डले अफगानिस्तानलाई एक सय ५० रनले हरायो । वल्ड ट्राफोर्डमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा ६ विकेट गुमाउँदै तीन सय ९७ रन बनायो ।

सुरुवात मध्यम गरेपनि इंग्ल्याण्डका मध्यक्रमका खेलाडीले बलियो प्रदर्शन गरे । पहिलो विकेटका लागि जेम्स भिन्स र जोनी ब्रेस्ट्रो विच ४४ रनको साझेदारी भएको थियो । जसमा भिन्स २६ रनमा आउट भए । त्यसपछि दोस्रो विकेटका लागि ब्रेन्ट्रो र जोय रुट विच एक सय २० रनको साझेदारी गर्दै टिमको पारीलाई बलियो स्थितीमा पुर्याए । जसमा ब्रेस्ट्रोले ९० रन बनाए ।

त्यसपछि तेस्रो विकेटका लागि रुट र कप्तान इयोन मोर्गन विच ८९ रनको साझेदारी भएको थियो । जोय रुट ८८ रनमा आउट हुँदा इंग्ल्याण्डले तीन सय ५३ रनमा तेस्रो विकेट गुमायो । इंग्ल्याण्डका लागि मोर्गनले एक सय ४८ रनको पारी खेले । जसमा उनले ७१ बलमा चार चौका र १७ छक्का प्रहार गरे । एकदिवसिय क्रिकेटमा एकै पारीमा धेरै छक्का प्रहार गर्ने पहिलो खेलाडी बनेका छन ।

उनले रोहित शर्मा, क्रिस गेल र एवी डिभिलियर्सको एकै पारीमा धेरै छक्का हार्ने रेर्कड तोड्न सफल भए । तीनै खेलाडीले एकै पारिमा १६ छक्का प्रहार गरेका थिए । तर त्यसपछि इंग्ल्याण्डले दुई विकेट सस्तैमा गुमायो । बेन स्टो र जोस बट्लर मात्र दुई दुई रनमा आउट भए । अन्तिममा मोयन अलीले अविजीत ३१ रन बनाए ।

बलिङमा गुल्बादिन नायबले र दावलात जार्दनले तीन तीन विकेट लिए ।

जवाफमा अफगानिस्तान ५० ओभरमा ८ विकेट गुमाउँदै दुई सय ४७ रनमा रोकियो । खराव सुरुवात गरेको अफगान टिमले चार रनमा पहिलो विकेट गुमायो । उसका ओपनर नुर अली जार्दनले खाता खोल्न सकेनन् । ५२ रन बनाउँदा दोस्रो विकेट गुमाएको अफगानिस्तानले एक सय चार रन बनाउदा तीन विकेट खेर फाल्यो ।

उसका कप्तान गुल्बादिन नायब ३७ रनमा आउट भए भने रहमात शाह ४६ रनमा पेभेलियन फर्किए । त्यसपछि अस्घर अफगानले ४४ रन बनाउदा मोहम्मद नावीले मात्र नौ रन बनाउन सके । जसका कारण अफगानिस्तानले दुई सय १० रनमा पाँच विकेट गुमायो । उसका लागि हस्मतुल्लाह साहिदीले ७६ रन बनाए । बलियो लक्ष्य पक्ष्याएको अफगानिस्तान अन्ततः दुई सय ४७ रनमा रोकियो ।

बलिङमा आदिल रासिदले तीन तथा जोफ्रा आर्च र मार्क उडले दुई दुई विकेट लिए । जितसँगै इंग्ल्याण्ड शिर्ष स्थानमा उक्लिएकाे छ ।

Tags: AfghanistanEngland

सम्बन्धित समाचार

पहिलाे टेष्टमा इंग्ल्याण्ड विजयी

इङल्यान्ड बिरुद्ध घरेलु टोली श्रीलंका १३५ रनमा समेटियो

अफगानिस्तानी खेलाडीले बिग ब्यास लिग बिचमा छाेड्ने

अफगानिस्तानका स्पिनर मुजीबलाई कोरोना पोजेटिभ

दक्षिण अफ्रिका र इंल्याण्डको पहिलो एकदिवसीय खेल स्थगित

इंग्ल्याण्ड ४ विकेटले विजयी, सिरिज जित्न सफल

Load More
Next Post

दक्षिण अफ्रिका र न्यूजिल्याण्ड भिड्दै

शिखर धवन चोटका कारण विश्वकपबाट बाहिर

Discussion about this post

मुख्य समाचार

बागमती पीएम कपको सेमिफाइनल नजिक

सन्दिपको टिमको अर्को हार

प्रदेश एकको पीएम कपमा सान्त्वना जित

January 23, 2021
Match 16
SUD
62/10
LUM
64/4
Scorecard | Series Home
January 23, 2021
Match 15
APF
218/10
Karnali
147/10
Scorecard | Series Home
January 22, 2021
Match 14
PRO-2
179/10
BAG
181/4
Scorecard | Series Home
January 22, 2021
Match 13
PRO-1
215/9
Karnali
156/10
Scorecard | Series Home
January 21, 2021
Match 11
NPC
310/4
LUM
236/7
Scorecard | Series Home
January 21, 2021
Match 12
Gandaki
106/10
APF
107/4
Scorecard | Series Home

Results

  • About us
  • Advertise
  • Write for us
  • Privacy Policy
  • TOC’s
  • Contact us
English Edition

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal

No Result
View All Result
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal