प्रधानमन्त्री कप टी–२० महिला कप क्रिकेटमा प्रदेश २ र सुदुर विजयी

प्रधानमन्त्री कप टी–२० महिला कप क्रिकेट प्रतियोगितामा प्रदेश २ ले कर्णाली प्रदेशलाई नौ विकेटले हराएको छ ।

महेन्द्रनगरमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली प्रदेश १९ ओभर दुई बलमा मात्र ५८ रनमा अलआउट भयो । उसले ब्याटिङबाट ३७ रन बनाएको थियो भने २१ रन अतिरीक्त पाएको थियो ।

उसका लागि रवीना चौधरीले १३ रन बनाउनु बाहेक अरु कुनैपनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । कर्णाली प्रदेशलाई कम स्कोरमा रोक्न प्रदेश २ की सन्तोषी कुमारी चौधरीले चार तथा सरस्वती चौधरीले तीन विकेट लिइन ।

जवाफमा प्रदेश २ ले ६ ओभर एक बलमा मात्र एक विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । उसका लागि शान्ती चौधरीले अविजीत १८ तथा निरकुमारीले १५ रनको योगदान गरिन ।

यसअघि भएको उद्घाटन खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गर्याे ।

टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले २० ओभरमा सबै विकेट गुमाएर ५८ रन बनाएको थियो । गण्डकीका लागि शिला रेग्मीले नटआउट १९ रन र सुशिला गुरुङले १७ रन बनाइन् । बाँकी ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन नसक्दा गण्डकी सस्तैमा रोकिन पुग्यो ।

गण्डकीलाई कम रनमा रोक्न सुदूरपश्चिमकी कविता कुँवर, लक्ष्मी साउद र जानकी भट्टले समान २–२ विकेट लिए ।
कविताले ४ ओभरको व्यक्तिगत स्पेलमा २ ओभर मेडन राख्दै ६ रन मात्र खर्च गरिन् ।

यस्तै लक्ष्मी साउदले ३ ओभरमा ७ रन मात्र खर्चँदा जानकी भट्टले ४ ओभरमा १७ रन दिएकी थिइन् । कविता जोशीको नाममा १ विकेट रह्यो ।

गण्डकीले दिएको ५९ रनको झिनो लक्ष्य दिएको सुदूपश्चिमले ७ ओभरमा १ विकेट गुमाएर पुरा गरेको थियो । सुदूरपश्चिमको जितमा कविता कुँवरले अलराउण्ड प्रदर्शन गरिन् । उनले उत्कृष्ट बलिङ गर्दै २ विकेट लिनुका साथै नटआउट २१ रन बनाइन् । कविताले २१ बल खेल्दै ४ चौकाको मद्दतमा २१ रन बनान् भने अर्की ओपनर कविता जाशीले १२ रन बनाइन् भने रेवती धामी १२ रनमा नटआउट रहिन् । गण्डकीकी मनिषा उपाध्यायले १ विकेट लिइन् ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजना र महाकाली स्पोर्ट्स सोसाइटीको व्यवस्थापनमा आजदेखि शुरु भएको प्रतियोगितामा सात प्रदेश र विभागीय टिम एपीएफ गरी ८ टिमको सहभागिता रहेको छ । ८ टोलीलाई २ समूह विभाजन गरिएको छ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउने छ ।

यस्तै सर्वोत्कृष्ट खेलाडीले ३० हजार, बेस्ट ब्याट्सवुमन र बेस्ट बलरले १५–१५ हजार हात पार्ने छन् ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest