न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई चार विकेटले हरायो

आइसीसी एकदिवसिय विश्वकपमान्यूजिल्याण्डले चौथो जित निकालेको छ । जितसँगै न्युजिल्याण्ड प्रतियोगिताको शिर्ष स्थानमा उक्लिएको छ । उसले दक्षिण अफ्रिकालाई चार विकेटले हरायो ।

पानी परेपछि १ ओभर छोट्याएर ४९ ओभरमा गराईको खेलमा टस हारेर पहिला ब्याटिङ गरेका अफ्रिकाले ६ विकेट गुमाएर २४१ रन बनाएको हो ।

अफ्रिकाका लागि रसे भान डेर डुसेनले सर्वाधिक नट आउट ६७ रन बनाउँदा हासिम अमलाले ५० रन जोडे ।

एडिन मक्रमले ३८ रन बनाउँदा डेभिड मिलरले ३६ रनको योगदान गरे । जारी प्रतियोगितामा अफगानिस्तानलाई मात्रै पराजित गरेको अफ्रिकाले आजको खेल जित्नै पर्ने दवाव रहेको छ । न्यूजिल्याण्डका लाचलन फर्गुशनले ३ विकेट लिए ।

जवाफमा न्युजिल्याण्डले ४८ ओभर तीन बलमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । उसका जितमा कप्तान केन विलियम्सनले कप्तानी पारी खेल्दै सतक प्रहार गरे । उनले अविजीत एक सय तीन रन बनाए ।

तर राम्रो सुरुवात गर्न नसकेको न्युजिल्याण्डले १२ रनमा पहिलो विकेट गुमायो । उसका कोलीन मुर्नो नौ रनमा आउट भए । तर दोस्रो विकेटका लागि मार्टिन गुप्टिल र कप्तान केन विलियम्सन विच ६० रनको साझेदारी भएपछि टिम केहि सम्हालिएको थियो । तर त्यसपछि उसले दुई विकेट सस्तैमा गुमायो ।

उसका रोस टेलर र टिम लाथम एक एक रनमा आउट भए भने मार्टिन गुप्टिलले ३५ रन बनाए । पाँचौ विकेटका लागि विलियम्सन र निसाम विच अर्धसतकिए साझेदारी भएको थियो । तर निसाम २३ रनमा पेभेलियन फर्किएपछि उनले एक सय ३७ रनमा पाँचौ विकेट खेर फाल्यो ।

तर केन विलियम्सन र ग्राण्डहोम विच ९१ रनको साझेदारी भएपछि न्युजिल्याण्ड जितको नजिक पुगेको थियो । जसमा ग्राण्डहोमले ६० रनको योगदान गरे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest