सुदूरपश्चिमद्वारा प्रदेश ५ लाई ५१ रनले पराजित

प्रधानमन्त्री कप महिला क्रिकेटमा सुदूरपश्चिमले जित हात पारेको छ । सुदूरपश्चिमले प्रदेश ५ लाई ५१ रनले पराजित गर्यो ।

टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले १६.१ ओभरमा सबै विकेट गुमाउँदै १०० रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि कविता कुँवर एक्लैले ४३ रन बनाउँदा अन्य खेलाडीको प्रदर्शन खराब रह्यो । कविता जोशीले पनि १९ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । बलिङतर्फ नेरी थापा र एलिशा केसीले तीन विकेट लिए ।

१०१ रनको लक्ष्य पछ्याएको प्रदेश पाँच १६ ओभर खेल्दा ४९ रनमा अलआउट भयो । प्रदेश पाँचका लागि लक्ष्मी चौधरीले बनाएको १२ रन नै सर्वाधिक बन्यो ।

अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । बलिङतर्फ जानकी भट्टले तीन विकेट लिइन् भने कविता कुँवर, सुमन विष्ट र लक्ष्मी साउदले २–२ विकेट हात पारे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest