टस हारेर बंगलादेश ब्याटिङमा

एकदिवशीय विश्वकप क्रिकेटमा अहिले बंगलादेश र अफगानिस्तानको खेल सुरु हुन लागेको छ ।

अफगानिस्तानका कप्तान गुल्बादिन नइवले टस जितेर पहिले फिल्डिङको निर्णय गरेका छन् ।

बलियो बंगलादेशी ब्याटिङ लाइनले अफगानिस्तानबिरुद्ध पहिले ब्याटिङ गर्दा कम दवावमा खेल्न पाउनेछ ।

अफगानिस्तान विश्वकपमा पहिलो जितको खोजीमा छ भने बंगलादेशको नजर सेमिफाइनलमा छ । ६ खेलमा बंगलादेशको ५ अंक छ । यसअघिका खेलमा बंगलादेशले दक्षिण अफ्रिका र वेष्ट इण्डिजबिरुद्ध स्मरणीय जित हासिल गरेको थियो ।

दुई दिनअघिमात्रै उपाधि दावेदार भारतसँग ११ रनको साँघुरो हार ब्यहोरेको अफगानिस्तान ६ खेलमा जितबिहीन छ । सेमिफाइनल सम्भावना सकिए पनि उसका लागि कम्तिमा एउटा जित प्रतिष्ठाको लागि अहम् हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest