ठुलाे नामकाे फ्लप साे

आईसीसी विश्वकप अन्तर्गत अहिलेसम्म आधा खेल सकिएका छन् भने शीर्ष चार स्थानमा रहने टिम सेमिफाइनलमा पुग्ने प्रावधान अनुसार सवै १० टिमले यस पटक एक अर्कासँग भिड्ने छन् ।

अहिलेसम्मको खेलमा केही टिम र खेलाडीले सानदार प्रदर्शन गरेका छन् । तर यस अघि एक दिवसीय र टी –२० क्रिकेटमा सनसनी मच्चाएका खेलाडीहरुको प्रदर्शन भने विर्सन लायक नै देखिएको छ ।

३. नाथन कुल्टर नाइल : अस्ट्रेलिया


अस्ट्रेलियाका उत्कृष्ट बलरमा पर्छन् नाथन कुल्टर नाइल । तर उनले जारी विश्वकपमा अहिलेसम्म खेल्दा सम्झन लायक प्रदर्शन गर्न सकेका छैनन् । चार खेलमा बलिङ गर्दा १११ को औसतमा जम्मा २ विकेट हात पारेका छन् । उनलाई अस्ट्रेलियाको टिममा तेस्रो बलरको रुपमा राखिएको थियो । त्यसमा उनी खरोरुपमा उत्रन सकेका छैनन् ।

२. हसिम अमला : दक्षिण अफ्रिका

दक्षिण अफ्रिकाका हासिम अमला टी–२०, एक दिवसीय र टेस्ट सबै फरम्याटमा उत्तिकै राम्रो खेल्ने खेलाडी हुन् । तर उनले जारी विश्वकपमा रन बनाउनै सकेका छैनन् । अहिलेसम्म खेलेका पाँच खेलमा उनले खराब प्रदर्शन गरेका छन् । ओपनिङ आउने अमलाले पाँच खेलमा जम्मा ६८ रन बनाएका छन् ।

१. रासिद खान : अफगानिस्तान

अफगानिस्तान मात्रै नभई विश्वकै उत्कृष्ट स्पिन बलर हुन रासिद खान । तर उनले जारी विश्वकपमा एकदमै निरास प्रदर्शन गरेका छन् । विश्वकप अघि रासिदका कारण अफगानिस्तानले अप्रत्यासित नतिजा निकाल्न सक्ने आंकलन गरिएको थियो । तर यस्तो भएन ।

२० वर्षीय रासिदले अहिलेसम्म ३ विकेट मात्रै लिएका छन् । इंग्ल्याण्डसँग उनले इतिहासकै विर्सन लायक प्रदर्शन गरे । उनले ९ ओभरमा ११० रन खर्चिदा पनि विकेट विहीन बनेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest